इटहरीः मोरङको पथरीशनिश्चरे नगरपालिका ४ का २४ बर्षीय दिपक दर्नाललाई १ केजी लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।
सुक्रबार बेलुका पौने ७ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका १० बगैचा टोल स्थितबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो । पक्राउ परेका दर्नालको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।