इटहरीः नेकपा एमालेका महासचिव शंकर पोखरेल कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी भएको एक साता समेत नबित्दै नेकपा एमाले धरानमा बिद्रोह भएको छ । बिद्रोह गर्नेहरुले नेकपा एकिकृत (समाजवादी) रोजेका छन् । फलस्वरुप शुक्रबारबाट धरान उपमहानगरपालिकामा समेत नेकपा एकिकृत (समाजवादी) पार्टी उदय भएको छ ।
उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार भएको अधिवेसनमा नेकपा एस धरान उपमहानगर कमिटी बनेको छ । धरान पुराना एमालेका नेता केही साताअघि मात्र एमाले सुनसरी जिल्लाको अधिवेशनमा जिल्ला सदस्य पदमा उम्मेद्वारी दिएका नेता रेवतरमण राईको अध्यक्षतामा ७१ सदस्यीय कमिटि बनेको हो ।
नव गठित धरान उपमहानगर कमिटिको उपाध्यक्षमा सुकलाल लिम्बू र पद्मा सब्ुबा रहेका छन् भने सचिबमा खेम दाहाल र उपसचिबमा अम्रता सेन्चुरी रामदाम र स्वर्णिम लिम्बू रहेका छन् । धरान उपमहानगर कमिटिको सद्स्यहरुमामा सुजित शंकर,निर्मला दियाली,सन्जोक बराइली,घमान सिङ बिक,भिम लाम्गादे,कबिता बिक,मिना गहतराज,अयुब बराइली ,सन्जु दर्नाल,सिला परियारअमल बराइली,अजय मल्लिक देवि परियार ,बिरन नेपाली,लक्ष्मी लकान्द्री,मुना घताने,शम्भु बिश्वकर्मा,रोमन रसाइली,दिपक रसाइली ,दिल्पना श्रेस्ठ,अर्जुन श्रेस्ठ, हेमसोभा राई,नन्द श्रेस्ठ,रोसनी राई ,उदिम राई,राजकुमार राई ,सबिर राई ,सुक बहादुर लिम्बू,गङा माया खडका लगायत रहेका छन् ।
नेकपा एसकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज सुस्मा राईको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा पार्टीका प्रदेश एक अध्यक्ष बलदेव चौधरीको प्रमुख आतिथ्य रहेको थियो ।
सोही ओहदाका नेता तथा मुख्य मन्त्रीका सल्लाहकार कमरेड जीवन राईले ओली बर्चश्वको एमाले पार्टीको उछितो काँढ्दै सन्चालन गर्नु भएको उद्घाटन समारोहमा प्रमुख अतिथी पार्टी प्रदेश अध्यक्ष कमरेड बलदेव चौधरी रहनु भएको थियो ।

273231235_617248649341991_1894914389288325360_n
कमिटी गठन समारोहको लागि धरान उपमहानगरपालिका अधिवेशन आयोजक कमिटिका सह –संयोजक कमरेड कैलाश अग्रवालले स्वागत गर्दै धरानमा अब एमाले पार्टीको हरिबिजोक हेर्ने दिन सुरु भएको दाबी गरेका थिए ।
पार्टी कमिटी गठनको लागि निक्कै पहिले देखि नै अभ्यास गर्दै आएको युवा सङ नेपाल धरान नगर कमिटी ,दलित मुक्ती सङठन जिल्ला र धरान उपमहानगर स्तरीय कमिटी र अनेरास्वबियु धरान उपमहानगर कमिटीमा आबद्ध जनबर्गीय सङठनको विशेष चहल पहल थियो । नेकपा एसका पार्टी पोलिट ब्युरो सद्स्य धर्मराज निरौलाले एमालेमा केपी ओलिको उत्पात ज्यादै बढेको भन्दै इमान्दार नेता कार्यकर्ताहरु नेकपा एसमा आउन आग्रह गरे ।
धरानमा हाम्रो पार्टीले एमालेको घमण्ड तोडेर देखाइ दिने निरौलाको दावी थियो । कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सद्स्य तथा सुनसरी इन्चार्ज महफुज आलम अन्सारीले एमाले भ्रष्टचारीहरुको पार्टी भएको आरोप लगाए । आलमले धराने जनताले केपी ओली र उनका दासहरुको अनुहार चिनी सकेकाले आउने जुनसुकै चुनाबमा उनिहरुलाइ बढारेर कलम चिन्हमा मतदान गर्न अह्वान गरेका थिए । प्रमुख अथिती प्रदेश अध्यक्ष कमरेड बलदेव चौधरीले रास्ट्रिय राजनितिमा नेकपा एसको भुमिकाले अहिलेको अबस्थामा जान आकार्षण थपिँदै गएको उल्लेख गरे भने । एमसिसि कान्डमा एमाले ओली खलकको मुखुन्डो राम्रो संग उदाङिएको भन्दै चौधरीले अरु पार्टीमा जस्तो राष्ट्रियताप्रति असजक नेता नेकपा एसमा नभएको दाबी गरे ।
कार्यक्रममा बोल्दै नेकपा एस सुनसरी जिल्ला अध्यक्ष गोबिन्द निरौलाले नव गठित धरान उपमहानर पार्टी कमिटिमा रेवतरमण राई अध्यक्ष रहेको ७१ सदस्यीय नामावली पढेर सुनाएका थिए ।