इटहरीः इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीले प्रदेश पोर्टल डटकमका प्रबन्ध सम्पादक प्रेम बास्तोलालाई पोर्टलमा प्रकाशित बिचारलाई लिएर सामाजिक सञ्जालमा गाली वेइजती सहितको धम्किपुर्ण कमेन्ट गरेका छन् ।
बारम्बार पत्रकारलाई लोपार्ने देखी नाकको डाँडी भाँच्ने धम्की दिएका नगरप्रमुख चौधरीले प्रदेश पोर्टलमा बुधबार प्रकासित टिप्पणीमुलक बिचारलाई लिएर सामाजिक सन्जालमा गाली बेइज्जती सहित छुद्र कमेन्ट गरेका हुन । प्रदेश पोर्टलकै पत्रकार प्रकाश बन्जराले लेखेको “इटहरीका चामल चोरहरूसँग जनताको अपेक्षा र स्थानीय तहको निर्वाचन” शीर्षकमा प्रकाशित भएको बिचार सामाजिक सन्जालमा सेयर भएपछि त्यही मेयर चौधरीले कमेन्ट गर्दै धम्किपुर्ण भाषामा गाली गरेका छन् ।
चौधरीले “बास्तोला दूधले नुहाएको मान्छे हुन र? यो इटहरी आउँदा के लिएर आएको थियो ?” भन्दै कमेन्ट गरेको छन् लगातार कमेन्ट गर्दै मेयर चौधरीले “चोरका खन्तीहरू’, ‘चुतियाहरू’, ‘बास्तोला मेरो अगाडी आऊ मुखमा मुतिदिन्छु’, ‘बास्तोला हिम्मत छ सम्पत्ति शुद्धीकरण सँगै निवेदन दिऊ । तिमिलाई चुनौती ।” जस्ता प्रतिक्रिया दिएका छन् ।
भर्खरैमात्र आफनै कार्यलयमा सेवा लिन आएकी सेवा ग्राही २ महिलालाई गाली गरेपछि अदालतसम्म पुगेका चौधरी पत्रकारलाई धम्किपुर्ण गाली गर्दै पुनः विवादमा मुछिएका छन् ।
सामाजिक सन्जालमा चौधरीले गरेको क्रियाकलापको बिरोध गर्दै सरोकारवालाहरुले कानुनी उपचार खोज्नु पर्नेमा नगरको मेयर जस्तो व्यक्तिले यस्तो भाषामा गाली गलौज गर्नु खेदपुर्ण रहेको टिप्पणी गरेका छन् ।
प्रदेश पोर्टलले महालेखा परिक्षकको प्रतिवेदनलाई टेकेर केही समय अगाडीनै पहिलो कोरोना महामारी र लकडाउनको समयमा राहतका नाममा बाँडिएको चामल र नुनमा व्यापक बेरुजु भएको समाचार सार्वजनिक गरिसकेको छ । उत्त समाचारमा चामल र नुनमा क कसले के कति बेरुजु बनाएका हुन त्यसको नाम सहितकै समाचार प्रकाशित भएको थियो । लेखकले सोही समाचार र महालेखाको प्रतिवेदनलाई टेकेर स्थानिय तहको चुनाव घोषणा भइसकेको अवस्थामा यस्ता जनप्रतिनिधिबाट के आशा गर्ने ? भन्ने आशय सहितको बिचार प्रदेश पोर्टलमा प्रकाशन गरेका थिए तर नगरप्रमुख चौधरीले सोहि बिचारसँग अव्जेक्सन गर्दै छुद्र र अपाच्य कमेन्ट गरेका हुन ।
यसैगरी इटहरीका नगरप्रमुख चौधरीले गरेको गाली बेइज्जती र धम्किपुर्ण कमेन्ट प्रति खेद प्रकट गर्दै नेपाल पत्रकार महासंघ सुनसरीले शुक्रबार एक विज्ञप्ती निकालेको छ । महासंघको सुनसरी जिल्ला सचिव धु्रव ढकालद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति चित्त नबुझेमा त्यसउपर कानुनी उपचार खोजिनु पर्ने विकल्प हुदा हुँदै सार्वजनिक निकायका मेयर जस्तो जिम्मेवार पदमा रहेका व्यत्तिले यसप्रकारले पत्रकारलाई अपशव्द प्रयोग गर्दै धम्क्याउनु दुःखद भएको टिप्पणी गरिएको छ । महासंघले मेयर चौधरीले गरेको यसप्रकारको कार्यको निन्दा गर्दै पत्रकारको सुरक्षा तथा स्वतन्त्रतामा गम्भीर बन्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ ।
यसैगरी समाजवादि प्रेस संगठनको केन्द्रिय कार्यलयले समेत शुक्रबारै विज्ञप्ती जारी गर्दै पत्रकार तथा संचारसंस्थाका प्रतिनिधिलाई गरिएको गाली बेजइती प्रति खेद प्रकट गरेको छ । बास्तोला समाजवादी प्रेस संगठन नेपालका सुनसरी अध्यक्ष समेत हुन । बास्तोलाले भने गाली बेइज्जती बिरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।