रामधुनीः स्थानीय तहको निर्वाचन बैसाख ३० मा हुने भएपछि राजनीतिक दलहरुले चुनाव लक्षित कार्यक्रम सुरु गरेका छन् ।
यसैबिच नेपाली काङ्ग्रेस रामधुनीले गाउँ–टोलमा पुगेर संगठन् बिस्तारको कामलाई तिब्रता दिएको छ ।
कुनै समय नेकपा (एमाले) को गढ मानिएको रामधुनीमा अघिल्लो निर्वाचनमा मेयरसहित अन्य केहि जनप्रतिनिधि जितेपछि आगामी बैसाखको निर्वाचनमा काङ्ग्रेसले स्थानीय सरकारमा आफ्नो बलियो उपस्थिति बनाउँने गरि चुनाव लक्षित गतिबिधिमा जुटेको हो ।
काङ्ग्रेसले वडा नं.१ मा मोहनपुर टोल समिति, वडा नं.९ मा धुराहा टोल समिति, डुम्राहा प्रधान टोल समिति, छप्की टोल समिति गठन् गरेको छ ।

k5
त्यस्तै, वडा नं. ८ मा सुन्दरपुर टोल समिति, तिनकुने टोल समिति, वडा नं. ३ मा चौतारी टोल समिति, हरिपुर टोल समिति, हाटखोला टोल समिति, पानीट्याकी टोल समिति, सिंगिया पश्चिम टोल समिति, वडा नं. ५ मा संगम सहकार्य तथा पारिजात टोल समिति गठन् गरेको छ ।
यसैबीच कांग्रेसले वडा नं. ८ मा कार्यालय समेत उद्घाटन गरेको हो । रामधुनीमा आफ्नो बलियो जनाधार बनाउँन कांग्रेस झण्डा बोकेर टोल वस्तीमा पसेको हो ।
आगामी निर्वाचनमा रामधुनीमा कांग्रेसले बलियो उपस्थिति जनाउँने लक्षका साथ सम्पुर्ण वडा र टोलहरुमा संगठन् बिस्तारको कामलाई तिब्र बनाइएको कांग्रेस नगर कार्य समितिका सचिव एवं वडा नं. १ का वडाअध्यक्ष महेश चौधरीको भनाई छ । आउँदो निर्वाचनमा मेयरसहित बहुसंख्यक जनप्रतिनिधि कांग्रेसले जित्ने उनको दावी छ ।

k 1