बराहक्षेत्रः नेकपा एमालेका नेता तथा नेपाल सरकारका पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित बराहक्षेत्र आउने भएका छन् ।
एमाले बराहक्षेत्र नगरको बिस्तारीत बैठक तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पूर्वमन्त्री बराहक्षेत्र आउन लागेको नगर सचिव राजेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार बाङ्गे बजारमा हुन लागेको कार्यक्रम आगामी शनिवार हुने छ ।