इटहरीः रोकी राखेको ट्रकमा पछाडीबाट आएको स्कोरपियोले अनियन्त्रित भई ठक्कर दिँदा मंगलबार सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर –६ शिब चोक स्थित पुर्ब पश्चिम लोकमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तेस्रो मुलुकबाट आई बिराटनगर भन्सार जानको लागी रोकी राखेको भारतीय नम्बर प्लेटको ट्रकमा पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको प्र. २–०१–००१ च ००३१ नं को स्कारपियो अनियन्त्रित भई पछाडी बाट ठक्कर दिँदा अर्को पुर्बबाट पश्चिम तर्फ जादै गरेको ना ७ ख ५८३ नं को ट्रकमा ठक्कर लागि दुर्घटना हुदा स्कार्पियोमा सवार सप्तरीको हनुमाननगर कंकालिनी ५ बस्ने ५० बर्षीय दिलिप मण्डलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मण्डलको उपचारको क्रममा राती १० बजे मृत्यु भएको थियो भने सोहि ठेगानाका ६० बर्षीय लक्ष्मण साफी गम्भिर घाईते भएका छन् । स्कार्पियोमा सवार राजेश मेहता , रामकुमार रजक , रामकुमारी देवी रजक र उमेश कुमार साफी सामान्य भएका छन् । घाइते सबै सप्तरीको हनुमाननगरका हुन् । घाइतेलाई उपचारको लागि बिराटनगर स्थित नोबेल अस्पताल पठाएको र ३ वटै सबारी साधन प्रहरी पोष्ट कोशी कटानको नियन्त्रणमा रहेको बताइएको छ । घटना गराएको स्कार्पियो चालक भने फरार छन् । फरार स्कार्पियो चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।