इटहरीः नेपाल चलचित्रकर्मि महासंघको प्रदेश एक कमिटिले मंगलबार नवनियुक्त यातायात व्यवस्थापन तथा संचारमन्त्री उपेन्द्र प्रसाद घिमिरे र प्रदेशका समाजिक विकास मन्त्री राजन राईलाई भेट गरेका छन् ।
महासंघको टोलिले प्रदेश १ मा भएका चलचित्रकर्मीकोअवस्था तथा भावि योजनाको बारेमा मन्त्रीलाई जानकारी गराउँदै महासंघका अध्यक्ष अरुण प्रधान ले प्रदेश १ मा चलचित्र विकास र प्रवद्र्धनको लागि छिटोभन्दा छिटो प्रदेश १ को छुट्टै चलचित्र विकास वोर्डको स्थापना गर्न माग गरेका छन् ।

272902259_630260498207195_2482472471864623702_n
महासंघले प्रदेश १ मा गरिने चलचित्र सम्बन्धि गतिविधि को लागि प्रदेश सरकारको तर्फ बाट आवश्यक सेवा सुबिधा तथा प्रोत्साहन मुखि कार्यक्रम ल्याउन समेत अनुरोध गरेका छन् ।
कलाकार तथा समाजसेवी शान्ति गुरुङ पाख्रीनको सकृयतामा भएको कार्यक्रममा महासंघका महासचिव दिनेश कोईराला , फानका केन्द्रिय अध्यक्ष रविन्द्र खडका, फानका प्रदेश १ संयोजक पुष्प श्रेष्ठ , प्राविधिक संघ प्रदेश १ अध्यक्ष तथा महासंघका उपाध्यक्ष प्रकाश सुब्बा, तामाङ चलचित्रकर्मि संघ प्रदेश १ का अध्यक्ष तथा महासंघका उपाध्यक्ष लाखमान योन्जन, मैथिली चलचित्रकर्मि संघ प्रदेश १ का अध्यक्ष संतोष सरकारको उपस्थिती रहेको थियो ।
त्यसैगरी मोरंग चलचित्रकर्मी संघका अध्यक्ष निरज गौतम, राजवंशी चलचित्रकर्मी संघ प्रदेश १ का अध्यक्ष प्रवलदिप विश्वास , सचिव बिक्रम राजवंशी, चलचित्र निर्देशक समाज प्रदेश १ का सचिव बिनोद पुडासैनी , नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ सदस्य रितेश जंग खत्री लगायतको उपस्थिती रहेको थियो ।

272915267_512467643543110_8383854984703175290_n 248430062_367300318560654_837732381704393496_n 273536327_220433283561414_2140776600188516651_n