इटहरीः मन्त्रालय फुटाएर मन्त्रीको संख्या ७ बाट १४ पुर्याएका प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले मन्त्रीमण्डल पुनः विस्तार गर्ने संकेत गरेका छन् ।

मुख्यमन्त्री सहित १४ वटा मन्त्रालय बन्दा पनि दलितहरुको प्रतिनिधित्व नभएको भन्दै संयूक्त दलित राजनीतिक संयन्त्र नाममा आन्दोलनरत अगुवाहरुलाई मंगलबार मुख्यमन्त्री राईले दलितको भाग राखेको प्रतिक्रिया दिएका छन् ।
दलितको प्रतिनिधित्व नभएको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन विराटनगर पुगेका प्रदेश एकका विभिन्न संगठनमा आवद्ध दलित आन्दोलनका अगुवाहरुसँगको भेटमा मुख्यमन्त्री राईले केन्द्रिय नेताहरुको सिफारिसमा मन्त्रीहरु थप गरिएको र दलितको भाग राखेको प्रतिक्रिया दिएका थिए ।
सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको दलित संघ,माओवादीको दलित मुक्ति मोर्चा, नेकपा एकिकृत समाजबादीको दलित मुक्ति संगठन र जनता समाजवादिका दलित सम्बद्ध नेताहरुसँगको भेटमा मुख्यमन्त्री राईले पार्टी नेताहरुले सिफारिस गरे भन्दा बाहिर गएर आफुखुसि नगरेको प्रतिक्रिया दिएका थिए । दलितको समस्या आफुलाई ज्ञान भएको र ऐन कानुनहरु प्रष्ट नभएका कारण संबिधानमा अधुँरो र अपुरो कुरो राखेर दलितबारे अधकल्चो ब्यबस्था गरिएको बताएको थिए ।
मुख्यमन्त्री राईले दलित मुद्धा र माग प्रति सचेत भएर काम गर्ने प्रतिबद्धता जनाएको र प्रदेश सरकार केहि राज्यमन्त्री थप्ने योजनामा रहेकाले त्यता दलितहरुको सहभागिता गराउने योजनामा रहेको बताएका थिए । भेटमा दलित नेताहरुले राजनीतिक नियुक्तिका क्रममा दलित समुदायलाई नभुल्न आग्रह गरेको बताइएको छ ।