इटहरीः प्रदेश एकको नाम ‘लिम्बुवान –किरात’ प्रदेश राख्न माग गर्दै लिम्बुवान किरात सयुक्त संघर्ष समितिले सोमबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र बुझाएका छन् ।
लिम्बुवान किराँत सयुत्त संघर्ष समितिका ३१ वटा घटक संगठनका प्रतिनिधिहरुले हस्ताक्षर गरेको ज्ञापनपत्रमा प्रदेशको नामाकरणको मुद्धा पेचिलो बन्दै गएकाले अव बस्ने प्रदेशसभामा प्रस्ताव लैजान र नामाकरणको बिषयमा सबैलाई समेट्ने गरी ‘लिम्बुवान –किरात’ प्रदेश राख्न माग गरिएको छ ।

258809682_305619414877311_1071667066469861938_n

बिभिन्न राजनैतिक तथा सामाजिक साँस्कृतिक संघसस्थाहरुका घटक संगठनका प्रतिनिधिले हस्ताक्षर गरेको ज्ञापनपत्रमा राज्यपुर्नसंरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिम प्रदेशहरु घोषणा नभई ७ प्रदेशको घोषणा भएको बताइएको छ । नामाकरणको सम्बन्धमा वागमती , गण्डकी जस्ता नामहरु केन्द्रिकृत, एकात्मकवादी चिन्तन अनुसार भएको भन्दै त्यसप्रति खेद व्यत्त गर्दै विरोध गरिएको छ ।
प्रदेश एकको नाम २०६२/०६३ सालको जनआन्दोलन, लिम्बुवान आन्दोलन, किराँत आन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाती आन्दोलनको जनादेश अनुसार ऐतिहाँसिक पृष्ठभुमि र पहिचानको आधारमा ‘लिम्बुवान –किरात’ प्रदेश नामाकरण गरिनुपर्ने माग ज्ञापन पत्रमा गरिएको छ ।
प्रदेश नम्बर एकको अधिवेशन शुरु हुन गइरहेको समय र सन्दर्भमा ‘लिम्बुवान –किरात’ प्रदेशको दावीका लागि पहल गरिदिन मुख्यमन्त्रीबाट आवश्यक पहल कदमी लिइयोस् भनि ज्ञापन पत्र पेश गरिएको बताइएको छ ।

pradesh-1