इटहरीः इटहरी उपमहानगरपालिकाभित्रका जग्गामा २ रुपैँया देखि २० रुपैँया प्रतिधुर सम्मको भुमिकर उपमहानगरले लिँदै आएको छ ।
उपमहानगर क्षेत्रमा रहेका सबै जग्गाको मुल्याँकनको आधारमा कमसल र कम मुल्यांकनका जग्गालाई थोरै भुमिकर निर्धारण गरिएको छ भने जग्गाको मुल्यांकन हेरेर प्रतिधुर २० रुपैँया सम्म बार्षिक भुमिकर नगरपालिकाले उठाउँदै आएको छ ।
उपमहानगरपालिकाले भुमिकरबाट बार्षिक डेढ करोड भन्दा धेरै रकम राजश्व संकलन गर्ने गरेको छ । इटहरी उपमहानगरपालिकाको आर्थिक ऐन २०७८ अनुसार वडा नम्बर एकको कोशी राजमार्गलाई छुने सबै जग्गाहरु र आँपगाछी बजार छेउका जग्गाहरुको भुमिकर एक धुरको बार्षिक १५ रुपैँया तोकिएको छ भने वडा नम्बर एकका बाँकी सम्पुर्ण जग्गाहरु कराइवनाहँुदै लविपुर जाने सडक छेउका जग्गाहरु प्रतिधुर ४ रुपैँयाका दरले भुमिकर तिर्नुपर्ने नियम छ । तर बाटोले नछोएका जग्गाको भुमिकर भने प्रतिधुर ३ रुपैँयामात्रै छ ।
त्यसैगरी वडा नम्बर २ का कोशी राजमार्गको सिमानादेखि उत्तर कृषि फार्मसम्म कोशिमार्गमा छुने जग्गाहरुको प्रतिधुर १५ रुपैँया तोकिएको छ भने बाटोले छोएका र नछोएका समेत आँपगाछी पुर्व हवाईचोक सम्मका हलगडा चोकपुर्व पशुपति चोकसम्मको शाखा पिचबाटो, तरहरा पेटोलपम्प सम्म साथै व्यापारिक तथा आवासिय क्षेत्रमा नपरेका तर बाटोले छोएका जग्गाहरुको प्रतिधुर ४ रुपैँयाका दरले भुमिकर तिर्नुपर्छ ।
इटहरीको पानवारी सडक वडा नम्बर ४ र ३ को सिमाना पुराणचोक सम्मको बाटोको दुवै तर्फका जग्गाहरुको मुल्यांकन प्रतिधुर ५ रुपैँया छ भने वडा नम्बर ३ का अरु सबै जग्गाको मुल्यांकन ३ रुपैया र ४ रुपैँया प्रतिधुर कायम गरिएको छ । वडा नम्बर ४ का महेन्द्र राजमार्गको टेँग्रा पुलदेखि मिलनचोक सम्म महेन्द्र राजमार्गले छोएका जग्गाहरु र सो क्षेत्रको मिनिमार्केटका रुपमा विकास भई सोही मिनी मार्केट अन्तरगतका जग्गाहरुको मुल्यांकन प्रतिधुर १५ रुपैँया छ । भने महेन्द्र राजमार्गको मिलन चोकदेखि नारायण गोपाल मार्ग चोकसम्म महेन्द्र राजमार्गलाई छोएका जग्गाहरु त्था कोशीमार्ग आइतबारेमाड देखि उत्तर उद्योग वाणिज्य संघको कायालय प्रवेशमोडसम्म सोही मार्गले छोएका जग्गाहरुको भुमिकर प्रतिधुर १२ रुपैँयाका दरले तिर्नुपर्छ ।
त्यसैगरी वडा नम्बर ४ को संगितचोकबाट उत्तर तिर, मोतिमार्ग र जुटविकास टोलको भुमिकर प्रतिधुर १० रुपैँयाका दरले लाग्छ भने मोतीमार्ग चौधरी टोलदेखि उत्तरतिरका जग्गाहरु प्रतिधुर ७ रुपैयाले भुमिकर निर्धारण गरीएको छ ।
इटहरी उपमहानगरमा मंहँगा ठहरिएका बिरेन्द्र चोक पुर्व टेँग्रा खोला सम्मका जग्गाहरुको भुमिकर २० रुपैयाँ प्रतिधुर छ भने टेँग्रा खोलाबाट पुर्व बुढि खोलासम्मको भुकिमर १५ रुपैयाँ प्रतिधुर छ । यता महेन्द्र राजमार्गकै खेतीखोला पुर्व आइतबारे प्रवेश मार्ग सम्म महेन्द्र राजमार्गले छोएका जग्गाहरु प्रतिधुर १५ रुपँयाका दरले भुमिकरको दायरामा छन् भने महेन्द्र र कोशी दुवै राजमार्गले नछुने तर राजमार्गको करिवका जग्गाहरुको भुमिकर प्रतिधुर १५ रुपैँया निर्धारण भएका छन् । बाटोले नछोएका खेतीयोग्य जमिनको भुमिकर २ रुपैया प्रतिधुर छ भने बाटोले छोएका खेतीयोग्य जमिन ठाउँ हेरेर ३ देखि ७ रुपैयाँ सम्म प्रतिधुरको मुल्यांकनमा छन् ।