इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले फागुन १ गतेबाट लागुहुने गरी विद्यालय , कलेज, ट्युसन सेन्टर तथा अन्य शैक्षिक क्रियाकलापहरु स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने बताएको छ ।
सोमबार एक सार्वजनिक सुचना जारी गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्यालय सञ्चालन गर्दा १२ बर्ष पुरा भएका विद्यार्थीलाई नियमित पढाउन तथा सो भन्दा कम उमेरका विद्यार्थीलाई आलोपालो तथा सिफ्टमा अध्यापन गराउन जिल्लाभरीका विद्यालयको नाममा नयाँ आदेश दिइएको छ ।
१२ बर्ष माथिका विद्याथीहरुका लागि कोरोना विरुद्धको मोडर्ना खोप लगाउने कार्यक्रम सन्चालन गरिसकिएका कारण उक्त उमेर समुहका विद्यार्थीलाई नियमित विद्यालयमा पढाउन र सो भन्दा कम उमेरका विद्यार्थीलाई आलोपालो प्रणालीबाट अध्यापन गराउन विद्यालयहरुलाई सो आदेश दिइएको हो ।
फागुन १ गतेबाट विद्यालय सन्चालन गर्दा पनि स्थानिय तहसँग सन्मन्वय गरेर गर्न र सबै किसिमका परिक्षाहरु स्वास्थ्यका मापदण्ड पुरा गरेर सन्चालन गर्न गर्न जिल्ला प्रसासनको आदेश छ ।
सबैप्रकारमा आमसभा जुलुस , भेला, मेला तथा सम्मेलन र पटके हाटबजारहरु र मानिसको भिडभाड हुने कार्यहरु नगराउन जिल्ला प्रसासनले अनुरोध गरेको छ ।
सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरमा एकपटकमा ५० जना सम्म र पार्टी प्यालेसमा खोप लगाएका एक पटकमा बढिमा १०० जना सम्मको भेला हुने कार्यक्रम अनुमति लिएर सन्चालन गर्न सकिने जिल्ला प्रसासन सुनसरीले बताएको छ ।