इटहरीः सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाले कोरोना विरुद्धको बुस्टर डोज लगाउने कार्यक्रम संचालन गर्ने भएको छ ।
उपमहानगरपालिकाले माघ २५ र २६ गते मंगलबार र बुधबार कोभिसिल्डको बुस्टर डोज लगाउने कार्यतालिका सार्वजनिक गरेको हो ।
उपमहानगरका जनस्वास्थ्य अधिकृत उमेश मेहताले आइतबार एक सुचना प्रकाशन गर्दै गत असार मसान्त सम्ममा कोभिसिल्डको दोस्रोमात्रा लगाएका नागरिक ६० बर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुका लागि र अग्रपंत्तीमा खटिने स्वास्थ्यकमी, सरसफाईकर्मी , जनप्रतिनिधि, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा खटिने जनशत्तिलाई बुस्टर डोज लगाइने जानकारी गराएका छन् ।
धरान उपमहानगरले संचालन गर्ने खोप कार्यक्रम स्वास्थ्य चौकी धरानको छाता चोकमा रहेको कार्यालय, आधारभुत स्वासथ्य केन्द्र वडा नम्बर १५ को एभरेस्ट लाइनमा रहेको कार्यालदय र देविथान लाइनमा रहेको वडा नम्बर १८ को कार्यालयमा सन्चालन हुने बताइएको छ ।