सुन्दरहरैंचाः मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित साजिलाल माध्यमिक विद्यालयले कवर्डहल निर्माण कार्यको शिलान्यास गरेको छ । प्रदेशकै बिग स्कुलको रुपमा छनौट भएको साजिलाल माध्यमिक विद्यालयले तयार गरेको नयाँ गुरुयोजना अनुशार पहिलो कार्यको रुपमा कवर्डहल निर्माणका लागि शिलान्यास गरिएको हो ।
आइतबार सुन्दरहरैंचा ५ स्थित विद्यालयको जग्गामा विशेष कार्यक्रमकाबीच सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले कवर्डहलको शिलान्यास गरे । करिव पौने ३ करोडको लागतमा भलिवल, बास्केटवल, व्याडमिन्टन, कराँते, तेक्वान्दो लगायतका खेलका संरचना निर्माण गरि खेलग्रामकै रुपमा विकास गर्ने योजना रहेको विद्यालयका प्रधानध्यापक कल्याणप्रसाद सिटौलाले जानकारी दिए । स्थानीयबासी, नगरपालिका, प्रदेश सरकार र संघीय सरकार समेतको लागत सहभागितामा कवर्डहल निर्माण गर्ने योजनाका साथ काम अघि बढाइएको उनले बताए ।

269712984_475781160751306_3906149104854848809_n
कवर्डहलको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख शिवप्रसाद ढकालले विग स्कुलको रुपमा छनौट भएको साजिलाल माध्यमिक विद्यालयले नमुना कवडहल निर्माण गर्न लागेको भन्दै यसकार्यमा नगरपालिकाबाट मात्र नभएर प्रदेश सरकार र संघीय सरकारबाट समेत बजेट जुटाएर निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाए । यस्तै अन्य वक्ताहरुले समेत निकै ठूलो योजना अघि बढेकाले सबैको साथ र सहयोगमा समयमै सम्पन्न गर्ने कार्यमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । कवर्डहल निर्माण समितिका अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा सुन्दरहरैंचा ७ का वडाध्यक्ष चैतन्यप्रसाद सिटौला, वडा नम्बर ६ का वडाध्यक्ष जीवनकुमार राई, वडा नम्बर ५ का वडाध्यक्ष रामप्रसाद रिजाल र वडा नम्बर ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गीता शर्मा घिमिरे, नेकपा एमालेका नगर अध्यक्ष मातृकाप्रसाद ढकाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष दुश्यन्त भट्टराई, जनता समाजवादी पार्टीका नगर अध्यक्ष शंकर देवान लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।