इटहरीः पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा प्रवेश गरेको र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान गरेको छ ।
इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस र इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पाथीभराले उक्त सामाग्री बितरण गरेको कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले बताए ।
उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भन्नका लागि भेन्डिङ मेसिन हस्तान्तरण गरिएको हो ।
सामाग्री बितरजब कार्यक्रममा बोल्दै जनता बहुमुखी क्याम्पसकी प्रमुख प्राडा गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बताइन् ।
उनले महिनावारी भएकै कारण क्याम्पसमा किशोरीहरुले पढाई छाड्नुपर्ने बाध्यता हटेको बताइन् । यो मेसिनले ठूलो राहत पुगेको छ, अब क्याम्पसमा अध्ययनरत छात्राहरूलाई निकै सहज हुनेछ । -उनले भनिन् ।
जनता क्याम्पसमा अध्ययनरत छात्रा अप्सरा कार्कीले आफूहरू महिनावारी भएको समयमा क्याम्पस नै आउन कठिन भएको बाध्यता हटेको बताइन् । उनले भनिन्, -अब क्याम्पसमा हामी जस्तै किशोरीहरूलाई सहज भएको छ, यो मेसिन अति आवश्यक थियो ।
यसैगरी महेन्द्र माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष टंक पौडेलले पूर्व बिद्यार्थीहरू यहाँ आएर विद्यार्थीको हितमा काम गर्नुले आफूहरू लाभान्वित भएको बताए ।
पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै, एडभरटाइजिङले प्रदेश १ मा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।