बिर्तामोडः नेकपा एकीकृत (समाजवादी) पार्टीको शनिवार झापाको बुद्धशान्ति गाउँ पालिकामा गाँउपालिका कमिटी गठन भएको छ । दुर्गा आचार्यको अध्यक्षतामा भएको भेलाले प्रदीप धिमालको अध्यक्षतामा ३१ सदस्यीय गाउँ कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा दिनानाथ पौडेल, मेघराज आचार्य, ज्ञानेन्द्र कार्की, सचिबमा बिभिषण वाग्ले, सह–सचिबमा कृष्ण आचार्य, हेमराज सुवेदी लगायत रहेको जनाइएको छ ।
आचार्यको अध्यक्षतामा भएको भेलामा संविधानसभा सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवनकुमारी घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।
भेलामा केन्द्रीय सदस्य तथा झापा सह इन्चार्ज निलमणी बराल, झापा जिल्ला अध्यक्ष बेदराज रेग्मी, इलामका पार्टी नेता बृहस्पति खतिवडा, भोला उप्रेती, झापा जिल्ला कमिटी सदस्य बिपी भट्टराई, बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौला, हेमन्त नेपाल र प्रदिप धिमालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन बिभिषण वाग्लेले गरेका थिए ।