बराहक्षेत्रः नेपाली कांग्रेस सम्वद्व संगठन वीपी चिन्तन प्रतिष्ठान बराहक्षेत्रको नगर अध्यक्षमा लोमनाथ दाहाल (लोमस) चयन भएका छन् ।
आज (शनिवार)संगठनका जिल्ला कार्यसमिति अध्यक्ष आनन्दप्रसाद आचार्यले मनोनयन पत्र हस्तान्तरण गर्दै दाहाललाई नगर अध्यक्षमा मनोनीत गरेका हुन् । जिल्ला अध्यक्ष आचार्यले पत्रमार्फत कांग्रेस प्रतिबद्ध बौद्धिक, प्रागिक तथा समाजसेवीहरुलाई समावेश गर्दै तीन महिनाभित्र तदर्थ समिति गठन गर्न समेत सुझाएका छन् ।
वीपी चिन्तन प्रतिष्ठान कस्तो संगठन हो ?
प्रदेशपोर्टसँग कुराकानी गर्दै जिल्ला अध्यक्ष आचार्यले भनेका छन्, यो संगठन मुलतः नेपाली कांग्रेसको सुभेच्छुक संस्था हो । उनले थपे, यो संगठन सत्तासँग केन्द्रित नभएर वीपी कोइरालाको बैचारिक चिन्तनको कार्यावन्यन गर्दछ । नवमनोनीत अध्यक्षको कामकारबाही बारे बोल्दै उनले बिचार गोष्ठी, मेलमिलाप दिवस मनाउने, वीपी जयन्ती मनाउने लगायतका कार्य यस संगठनले गर्नुपर्ने बताए ।
वीपी कोइरालालाई पार्टीभन्दा माथी राख्नुपर्ने धारणा प्रतिष्ठानको मान्यता हो । जिल्ला कार्यसमितिले गर्ने कार्यक्रमहरुमा नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरुलाई समेत बोलाएर कार्यक्रम गर्दै आएका छौ, जिल्ला अध्यक्ष आचार्यले भनें ।