इटहरीः मोरङ्ग जिल्लाको धनपालथान स्थित कमलपुरको उखुबारीमा लाश गाड्न खाल्डो खन्ने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो व्यापारिक साझेदारको हत्या गरेको आरोपमा प्रहरीले मुख्य योजनाकार सिरहाका अनिल कुमार मण्डल सहित ३ जनालाई पक्राउ गरी बिहिबारै सार्वजनिक गरिसकेको छ । साझेदार साथीको हत्या गरेको आरोपमा थप दुई जनालाई मोरङ प्रहरीले शुक्रबार राति थप दुई जनालाई पक्राउ गरेको हो ।
शुक्रबार पक्राउ परेकाहरुमा सुनसरीको देवानगन्ज ६ का १८ वर्षीय हकिम मन्सुरी र मोरङको रंगेली ३ का ३० वर्षीय महमद सभाम रहेको प्रहरीले बताएको छ ।
यी दुई सहित हालसम्म ५ जना पक्राउ परिसकेका छन् । योजनाकार मण्डलले भारतीय पेशेवर हत्याराको प्रयोग गरी प्रतिव्यक्ति ५ लाख लिएर हत्या गराएको प्रहरी अनुसन्धानले खुलाएको शुक्रबार सार्वजनिक भएको थियो । शुक्रबार मण्डल सहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम छन् । शुक्रबार पक्राउ परेका व्यक्ति हत्या गरेपछि उखुबारीमा खाडल खन्ने काममा संलग्न रहेको प्रहरीको भनाई छ
घटनाको छानविन गर्दै जाँदा ललितपुरको क्यान्सर अस्पतालनजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन मण्डलले फरक फरक मितिमा तीन जना साझेदार साथीको हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको हो । मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधि झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भइ काठमाणडौं बस्दै आएका ६३ वर्षीय मोहन लिम्बू, सुनसरीको धरान घर भइ भक्तपर बस्दै आएका ४८ वर्षीय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाडौं बस्दै आएका ३२ वर्षीय शम्भु कुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।