बिर्तामोडः मार्सी उपनामले परिचित एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले सधैं झै पत्रकार निम्त्याए र भने, अब पत्रकार सत्रकार भनिन्न । बरु कति चाहिएको हो भन्नुपर्यो, म पुर्याइदिन्छु ।
अरु दिनमा झै पत्रकार सम्मेलन भनेर बोलाइएका झापाका पत्रकार हेरेका हेर्यै भए । अरु दिन अस्पतालले उपचारमा गरेको सफलता सुनेर फर्किने पत्रकार त्यस दिन आफै गाली खाएर फर्किए ।
अहिले चर्चित पात्रको रूपमा रहेका दुर्गा प्रसाईंले आफ्नो बिएण्डसी अस्पतालमा पत्रकारलाई बोलाए र धम्क्याए । निक्कै नसुहाउने शब्द प्रहार गरे । अहिले त्यो विसयले ठुलो चर्चा बटुकेको छ ।
प्रसङ्ग सो अस्पतालले बिरामीको उपचारमा जथाभावी सुल्क लिएको समाचार सेतोपाटी अनलाइनले प्रकाशन गरेपछि खण्डन गर्न पत्रकार बटुलेका प्रसाईंले उल्टै अब पत्रकार विरुद्ध लागिन्छ भनेर थर्काए ।

प्रकाशित समाचारको तथ्यमा भन्दा पनि तर्कले मात्र जित्ने तरिकाले प्रस्तुत भएका प्रसाईंप्रती झापाका मात्र नभएर देशैभरीका पत्रकार क्रुद्ध भएका छन् । पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्ला समितिले प्रसाईंको भनाइमाथी कडा टिप्पणी गर्दै बिज्ञप्ति प्रकाशित गरेको छ । एमाले अध्यक्ष केपी ओलीलाई हजुरबा भनेर चर्चा कमाएका प्रसाईं अहिले सो पार्टीका मनोनीत केन्द्रीय सदस्य छन् ।