इटहरीः सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाको वडा नम्बर ३ र ६ को सिमानामा शुक्रबार भएको सवारी दुर्घटनामा घाइते हुनेहरुको विवरण खुलेको छ ।
खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्ग सडकखण्डमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ८४९३ नं को बस र बिपरित दिशा बाट जादै गरेको ना ५ ख २९९६ नं को ट्रक एक आपसमा ठक्कर खादा २७ जना घाईते भएकामा १७ जना डिस्चार्ज भइसकेका छन् भने १० जनाको विराटनगरका बिभिन्न हस्पिटलमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरीका कार्यालय सुनसरीका अनुसार घाइतेहरुमा जिल्ला बारा निजगढ ९ बस्ने बर्ष ४३ को दिपक श्रेष्ठको दाहिने खुट्टा र निधारमा चोट लागेको छ । श्रेष्ठलाई उपचारका लागि विराटनगर स्थित न्युरो हस्पिटलमा राखिएको छ । उनि ट्रकमा सवार भइरहेका थिए । यसै गरी काठमाण्डौ महानगरपालिका वडा नम्बर ३० मैतीदेवी बस्ने ५० बर्षीय सदाकत मियाँ धनिया पनि भाइते भएका छन् । धनियाको टाउकोमा चोट लागेको छ । उनलाई विराटनगर स्थित न्युरो हस्पिटलमा राखिएको छ । यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष १९ को सबिन दाहलको दाहिने खुट्टामा चोट लागेको छ । दाहाल घर गइसकेका छन् ।
यसैगरी उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २२ को दिल कुमार बिक को खुट्टा र निधारमा चोट लागेको छ । विकलाई पनि विराटनगरको न्युरो हस्पिटल पठाइएको छ । उता पाचथर जिल्लाको फिदिम नापा १० बस्ने बर्ष ३८ को पेवाहाङ जगेबु अनुहारमा चोट लागेको छ ।
यसैगरी भारतीय नागरिक भारतको जलपायुगुडी बस्ने बर्ष ६५ की अमृता लामाको शरिरमा भित्री चोट लागेको पाइएको छ । लामाको विराटनगर स्थित न्युरो हस्पिटलमा उपचार भइरहेको छ । यसैगरी लामाकी छोरी ४२ बर्षीया मुन्ना लामा प्रधानको घँुडामा चोट लागेको छ । त्यसैगरी जलपायुगडिकै ५६ बर्षकी मनिता लामाको हात र खुट्टमा चोट लागेको छ । उनिहरु दुवैको विराटनगरमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
त्यसैगरी जलपायुगुडिकै बर्ष ६० को उमेश लामा समेत घाइते भएका छन् । लामाको हात खुट्टामा सामन्य चोट छ । उनलाई पनि न्युरोमा रेफर गरिएको छ । अर्की जलपायुगडिकै बर्ष ३५ की रेखा लामाको ,हात खुट्टामा चोट छ भने अर्का भारतकै बर्ष ३५ को नर्गेन लामाको ,हातमा चोट लागेको छ । जलपायुगडिकै बर्ष ४० को सोनाम तामाङको नाकमा चोट लागेको छ ।
त्यसैगरी भारतको बिहार बस्ने बर्ष २३ को महेन्द्र कनारेको हात खुट्टामा चोट लागेको छ । उनि जिल्ला अस्पताल इनरुवामा सामान्य उपचार पछि डिस्चार्ज भइसकेका छन् । विहारकै २५ बर्षिय पर्व लाम्बाको हात खुट्टामा चोटलागेको थियो उनको पनि इनरुवा अस्पतालमा सामान्य उपचार पनि डिस्चार्ज गरिएको छ ।
त्यसैगरी दोलखा जिल्लाको बिभु ७ बस्ने बर्ष ५६ को मिङमा शेर्पाको टाउकोमा चोट लागेको छ । बोल्न सक्ने शेर्पालाई विराटनगरको न्युरोमा पठाईएको छ । निजिकी श्रीमती बर्ष ४३ की माया कुमारी तामाङको हात खुट्टामा चोट लागेको छ । उनलाई पनि विराटनगरमै उपचार गर्न पठाइएको प्रहरीको भनाई छ । शेर्पाका छोरा बर्ष ११ को सुभाष तामाङको टाउकोमा चोट लागेको छ । भने उदयपुरको त्रियुगा नपा १० बस्ने बर्ष २१ को रोशन मुर्मुको मुखमा चोट लागेको छ ।
त्यसैगरी मोरङ जिल्लाको सुन्दरहरौचा नगरपालिका वडा नम्बर ८ बस्ने बर्ष २३ को बिक्रम कटुवालको मुखमा चोट छ । उनलाई बिराटनगरको न्युरो हस्पिटलमा रिफर गरिएको छ । सुन्दरहरैँचाकै बर्ष ४४ को सुभास घिमिरे,मुखमा चोट लागेको छ । उता ईलामको माईजोमाई नपा ४ बस्ने बर्ष ४४ को गोपाल दाहालको अनुहारमा चोट लागेको छ । त्यसैगरी तेर्हथुमको दाङराषा ८ बस्ने बर्ष ३३ को जित बहादुर लिम्बुको टाउकोमा चोट छ भने धनुषाको धनुषा नपा ६ बस्ने बर्ष २६ को राहुल कुमार मण्डलको टाउकोमा चोट छ ।
त्यसैगरी झापाको मेचिनगर न।पा १ बस्ने बर्ष ३६ को नबिन ढुङगेलको टाउकोमा चोट लागेको छ । ढुगेँललाई विराटनगरको नोवेल हस्पिटल रिफर गरिएको छ ।
उता नुवाकोट जिल्लाको त्रिसुली ५ बस्ने बर्ष ३२ को जिवन कुमालको हात खुट्टामा चोट लागेको छ । उनिलाई जिल्ला अस्पताल इनरुवाबाट डिस्चार्ज गरिसकिएको छ । नुवाकोटकै कुमालकी श्रीमती बर्ष २२ कि सबिना कुमालको हात खुट्टामा चोट छ । उनलाई पनि डिस्चार्ज गरिसकिएको छ । दुर्घटनामा घाइते भएका अर्का आछाम जिल्ला कमलबजार ७ बस्ने बर्ष २१ को दिनेश अधिकारी, हात खुट्टामा चोट छ । सामान्य घाइते भएका अधिकारीलाई जिल्ला अस्पताल ईनरुवा बाट डिष्चार्ज गरिसकिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।