बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका १० स्थित प्रकाशपुर बजारमा रहेको एन आइसी एसिया बैंकको शाखामा रहेको एटीएम बुथ फुटाई पैसा चोरी गर्न खोज्ने एक ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका ९ राजाबास बस्ने २७ बर्षिय सरोज राई रहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीले जानकारी दिएको छ । माघ ८ गते राती १०.२० बजे प्रकाशपुरमा रहेको बैंक शाखाको एटीएम बुथमा भित्र पसि कोठाभित्र भएको सिसि क्यामेराको तार काटेर बुथ भित्रको पैसा निकाल्नको लागि खुकुरी प्रहार गरि फुटाएर पैसा चोरी गर्न निकै प्रयास गरेपनि बुथ फुटाउन नसकेपछि कोठाभित्र रहेको सि।सि क्यामेरा समेत चोरी गरेर फरार भएका राईलाई ईलाकाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका ब्यक्तिबाट एटिएम बुथ फुटाउन निजले प्रयोग गरेको खुकुरी र एटीएम कोठाबाट चोरी गरि लगेको सि।सि।क्यामेरा समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका ब्यक्तिलाई चोरी मुद्दा दर्ता गरी सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले जनाए ।