इटहरीः सुनसरीको कोशी गाँउपालिका १ लौकहीको खुनिया पुल नजिकै काठमाण्डौं जाँदै गरेको यात्रु बहाक बस र सिमेन्ट बोकेर पूर्व तर्फ आउँदै गरेको बस ठोकिदा ४ जानको मृत्यु भएको छ । मृत्यु हुनेहरुको नाम र ठेगाना खुल्न सकेको छैन् ।
पूर्व काकरभिट्टाबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना ८ ख ८४९३ नम्बरको रात्री बस र पश्चिमबाट पूर्व आउदै गरेको सिमेन्ट बोकेको ना ६ ख २९९६ नम्बरको ट्रक गाडी एकआफसमा ठोकिएको र ठोकिन साथ आँगो समेत लागेको प्रहरीले जनाएको छ । गाडीमा आँगो समेत लागेकाले तत्काल उद्धार गर्न कठिन भएको स्थानीयले बताएका छन् । इन्जिन पड्कने डरले तत्काल उद्धार गर्न कठिनाई भएको कोशी गाँउापलिकाका अध्यक्ष अयूब अन्सारीले बताए ।
दुर्घटनाको सबै विवरण आउन सकेको छैन् । स्थानीयका अनुसार ट्रक , बसका चालक र बसमा सवार अन्य २ जना यात्री गरि ४ जनाको मृत्यु भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सुमन तिम्सिनाले ३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । घटना स्थलमा अहिले जिल्ला प्रहरी कार्यालय र इटहरी ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी उद्धारका लागि खटिएका छन् । इनरुवा नगरपालिका र कोशी गाँउपालिकाबाट दमकल गई आँगो नियन्त्रणको कार्य गरिएको छ । ट्राफिक प्रहरीले इटहरीबाट के्रन लगेर उद्धार कार्य गरिरहेको बुझिएको छ ।
सो दुर्घटनामा के कति मानविय क्षति भएको हो भन्ने कुरा खुल्न नसकेको प्रहरीको भनाई छ । घाइतेहरुको उद्धार गरि जिल्ला अस्पताल इनरुवा र धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समेत पठाइएको प्रहरीले जनाएको छ ।