इटहरीः विधुतिय भुत्तानीले कारोबारलाई सहजिकरण गर्दै गरेको समयमा डिजिटल भुत्तानीको नाममा हुने बिभिन्न प्रकारका ठगीबाट जोगिन नेपाल राष्ट्र बैँकले सर्वसाधारणमा अनुरोध गरेको छ ।
शुक्रबार एक सुचना सार्वजनिक गर्दै केन्द्रिय बैँकले पछिल्लो समय विद्युतीय कारोबारबाट ठगीको घटना बढेको भन्दै सामाजिक सञ्जालबाट चिनजानका मान्छेको नाममा रकम माग्ने, बैंकबाट फोन गरेको भनि इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङको युजर नेम तथा पासवर्ड माग्ने घटनाहरुबाट जोगिन भनेको छ । युजरनेम, पासवर्डजस्ता व्यत्तिगत विवरणहरु कसैले फोन तथा सामाजिक सन्चालबाट मागेकै आधारमा कसैलाई नदिन सजग गराइएको छ ।
विभिन्न ठगहरुले नक्कली वेबसाइट बनाएर ग्राहकहरुको गोप्य सूचना लिने, ठूलो रकमको चिठ्ठा परेको भन्दै लोभ देखाएर हस्तान्तरण गर्ने बहानामा रकम माग्ने काम भइरहेकोले त्यसबाट जोगिन समेत राष्ट्रबँैकले अनुरोध गरेको छ ।
जोसियल, हाइपर फण्ड जस्ता फण्डालाई लक्षित गर्दै केन्द्रिय बैँकले अत्यधिक नाफाको लोभ देखाएर गैंरकानूनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेगरी ठगी भइरहेको तर्फ सजग हुन राष्ट्र बैंकले सबैमा आग्रह गरेको छ ।
मोबाइल तथा अन्य डिभाइस एवम् एपमा पासवर्डहरु बेलाबेलामा परिवर्तन गर्न र त्यस्ता पासवर्डहरु गोप्य रुपमा सुरक्षित राख्न र कसैसँग सेयर नगर्न राष्ट्रबैंकले भनेको छ । साथै, कसैले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले माग गरे नगरेको अर्कै माध्यमबाट एकिन गरेरमात्रै पठाउन भनेको छ । केहि व्यक्तिहरुले फेसबुक एकाउण्ट ह्याक गरी पैसा माग्ने लगायतका काम गरेको तर्फ लक्षित गर्दै केन्द्रिय बैँकले सो आग्रह गरेको हो ।
अनावश्यक तथा अनधिकृत एप बारकोड वा क्यूआर कोड पठाएको वा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरे शंका गर्न र अनाधिकृत एप्लिेकसन समेत आफ्नो मोवाइलमा डाउनलोड नगर्न आग्रह गरिएको छ । कुनै पनि बेवसाइटबाट विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो वा होइन यकिन गरेर मात्रै कारोबार गर्न आग्रह गरेको छ ।