कतारः दोहार नेकपा एकीकृत (समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च विदेशका नेपालीहरु बिच क्रियाशील हुँदै संगठन निर्माणमा केन्द्रित भएको छ । यसै क्रममा आज(सुक्रबार) प्रवासी नेपाली एकता मञ्च कतार सङ्गठन बिभागले दोहा नगर कमिटी गठन गरेको छ।

प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष राम हरि गैरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमले बुद्धिचन्द राजवंशीको अध्यक्षतामा दोहा नगर कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षद्वयमा अब्दुल सामद मियाँ र एसान्नुल्लाहा मुसलमानलाई चयन गरेको छ ।
त्यसैगरी सचिवमा अब्दुल मोकिम ,उप सचिवमा जनम बर्देवा ,कोषाध्यक्षमा केबल बिक र सदस्यहरूमा राजकुमार चन्द, नबराज श्रेष्ठ, कृष्णदिप कुमाल ,महिबुल्ला मुसलमान,भिम क्षेत्री, अनिल गौतम,अख्तर हुसेन चयन भएका छन्।
मञ्चका सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेष्ठले समाजवादी आन्दोलनको पङ्क्तिमा लामबद्ध भएको भन्दै नवनिर्वाचित कमिटीलाई शुभकामना तथा बधाइ दिए । उनले प्रवासी नेपालीका समस्यामा जोडिदैं राजनीतिलाई समाज रुपान्तरणको प्रमुख बिषय बनाउनु पर्ने बताए । उपाध्यक्ष याशिन मामा, महासचिव थम गिरी लगायतको आतिथ्यमा भएको कार्यक्रम मञ्चका संगठन बिभाग संयोजक गणेश ढकालको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण सचिवालय सदस्य तोयानाथ पौडेलले गरेका थिए ।