इटहरीः सरकारले कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अथवा बन्द गर्ने निर्णय गर्न स्थानीय पालिकाहरुलाई नै अधिकार दिने भएको छ ।
माघ मसान्तसम्म कोभिड १९ संकट व्यावस्थापन केन्द्रको सिफारिसमा बिद्यालय बन्द गरिएका छन् भने केहि पालिकाले आफ्नो क्षेत्रमा विद्यालय खुलाउने निर्देशन समेत गरेका छन् । अव आउँदो फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारीका साथ सरकारले स्थानीय निकायलाई नै अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा दिन लागेको हो ।
शुक्रबार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।
केही पालिकाहरूले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छन् । यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।