इटहरीः मोरङ्ग जिल्लाको धनपालथान ७ स्थित कमलपुरको उखुबारीमा भेटिएका दुई शवको अनुसन्धानमा प्रहरीले पेसेबर भाडाका गुण्डा प्रयोग गरेर हत्या गरिएको खुलाएको छ ।
अनुसन्धानको क्रममा प्रहरीले भारतीय पेशेबर समुहलाई जनही पाँच लाख दिने शर्तमा हत्याका योजनाकारले आफ्नै व्यावसायीक पार्टनरको हत्या गरेको खुलेको हो ।
व्यावसाय बढ्दै गएपछि सिरहाका अनिलकुमार मण्डलले आफ्ना पार्टनरलाई एक पछि अर्को गरी हत्या गरेर मालिक हुने योजनामा प्रहरीले अंकुश लगाईदिएको छ ।
म्ण्डलको योजनामा धरान उपमहानगरपाकिला वडा नम्बर ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तीको सम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या गरी शव धनपालथान ७ स्थित कमलपुरमा गाडिएको थियो ।
प्रहरीले हत्याका मुख्य योजनाकार मण्डललाई पक्राउपछि सार्वजनिक गर्दै हत्याको विवरण सार्वजनिक गरेको बाहिर ल्याएको हो ।

272750584_460823795757943_4568853891237573611_n
प्रहरी अनुसन्धानको क्रममा व्यावसायलाई एकलौटि बनाउन मण्डलले चौधरी र श्रेष्ठको हत्या गरेको खुलेको छ । यसै गरी मण्डलले नै अर्का व्यावसायीक पार्टनर तेह्रथुम घर भई काठमाडौं बस्ने मोहनकुमार लिम्बुको पनि हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरिएका मध्ये श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान ७ स्थित उखुबारीमा हत्यापछि गाडिएको अवस्थामा माघ १३ गते फेला परेको थियो । भने अर्का मोहनकुमार लिम्बुको शव भने भत्तफुरमा गाडिएको अवस्थामा फेला परेको थियो ।
प्रहरीका अनुसार श्रेष्ठको हत्या शव भेटिएको स्थानबाट १०० मिटर उत्तरपटि कमलपुर जाने नहरमा हत्या भएको थियो । त्यसको २ दिनपछि पुस ७ गते शव फेला परेको उखुबारीमै चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मण्डलको योजनामा भएका तीन वटै हत्या डोरी र गाम्छाले कसेर गरिएको थियो भने हत्यापछि शव खाल्डोमा हालेर त्सलाई गलाउन नुन प्रयोग गरेको पाइएको छ । प्रहरीले हत्यापछि शव गाड्न प्रयोग भएको कोदालो र ६ प्याकेट नुनसमेत बरामद गरेको थियो ।
प्रहरीले हत्याका मुख्य योजनाकार सिरहा नगरपालिका वडा नम्बर २१ का ३१ वर्षीय अनिलकुमार मण्डलसहित उनका दुई सहयोगीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
मण्डललाई काठमाडौंबाट माघ बिहिबारमात्रै पक्राउ गरेको मोरङ्ग प्रहरीको भनाई छ । अनुसन्धानको क्रममा प्रहरीले मोरङको जहदा ४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिननाथ सोनारलाई विराटनगर ५ बाट र धनपालथान ७ कमलपुर बस्ने ६२ वर्षीय नसिर आलमलाई विराटनगरको मटेरुवाबाट पक्राउ गरेको थियो ।

Morang-ukhubari_2qELJIqV59
प्रहरीका अनुसार जग्गा लगायतको कारोबार गर्दै आएको मण्डलको समुहले जलविद्युत र उद्योगहरुमा समेत लगानी गरेका थिए । पार्टनरहरुलाई मारेर व्यावसाय कव्जा गर्ने हेतुले मण्डलले हत्याको योजना बनाएर कार्यान्वयन गराएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।
विराटनगरबाट पक्राउ परेका सोनार र आलमले प्रहरीले घटनाबारे जानकारी दिएपछि काठमाण्डौमा रहेका मण्डल पक्राउ परेका थिए । मण्डलले सुरुमा घटनाबारे इन्कारी बयान दिएपछि तीन जनालाई भेट गराएपछि आरोप स्वीकार गरेका थिए । मण्डलले भक्तपुरमा आफ्ना साझेदार मोहनकुमार लिम्बूको पनि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
हत्या गर्नुअघि मण्डलको समुहले मृतक चौधरी र श्रेष्ठलाई विराटनगरस्थित मेट्रोसिटी गेष्ट हाउस र रत्ना होटललमा राखेको थियो । उनीहरुलाई केहि दिन होटलमा राखेर उखुबारीमा लगि हत्या गरिएको थियो । मृतक र मण्डलविचको कल रेकर्डको आधारमा अनुसन्धान गर्दै गएपछि प्रहरी हत्यारासम्म पुगेको हो ।
मोरङको उखुबारीमा शव भेटिएकाहरुसँग सम्पर्क भएकाहरुको विवरण खोतल्दै जाँदा प्रहरीले मण्डल र लिम्बूको कनेक्सन रहेको प्रमाणित भएको थियो । प्रहरीको घटना गराउनका लागि ८ जना भारतीय नागरिकको प्रयोग भएको देखिएको छ ।

272628887_1184672502354463_5094354689121800374_n
व्यवसायिक साझेदार मण्डलले श्रेष्ठ, चौधरी र लिम्बूको हत्यामा प्रतिव्यक्ति ५ लाख रूपैयाँ दिएर अपराधी प्रयोग गरेको स्रोतको भनाई छ । लिम्बूको हत्यापछि हत्यामा संलग्न मण्डल श्रेष्ठ र चौधरीलाई लिएर मंसिर २८ गते विराटनगर आएको पाइएको प्रहरीले जनाएको छ ।