इटहरीः इलाम जिल्लाको रोङ गाउँपालिकामा गत हप्ता भएको सवारी दुर्घटनाका मृतकहरुको साथबाट हराएको नगद र सुन सहित लुट्नेहरु पक्राउ परेको संकेत मिलेको छ ।
घटनाको निश्पक्षय छानविनको माग गर्ने झापाका पर्यटनकर्मी अर्जुन कार्कीले सवारी दुर्घटनामा परि मृत्यु भएकाहरुको नगद र सुन लुट्नेहरुलाई पक्राउ गरि कानूनी कार्वाहीको माग गर्दै सामाजिक संजालमा अभिव्यत्ति सार्वजनिक गरेका गरेका थिए । सो बिषय बिभिन्न संचारमाध्यममा प्रमुख खबर बनेपछि जिल्ला प्रहरी कार्यालय इलाम छानविन समिति गठन गर्न बाध्य भएको थियो ।
जिप्रका इलालमा सुचना अधिकारी तथा छानविन समितिका संयोजक गंगा बहादुर थापाले घटनामा संलग्न भएको भन्ने सूचनाका आधारमा घटना स्थल छेउछाउबाट केही व्यक्ति पक्राउ परेको बताए । उनिहरुमाथि थप अनुसन्धान भईरहेकाले सबै कुरा तत्कालै भन्ने अवस्था नरहेको उनले बताए । घटनाका दोषी पत्ता लगाउने बिषयमा प्रहरीले केही सफलता चाँही प्राप्त गरेको उनको भनाई छ प्रहरीले घटनास्थल नजिकैका गाउँले माथि पनि निगरानी बढाएको थापाले बताए । उनले केही दिनमै दोषीलाई सार्वजनिक गर्ने बताए ।
घटनाको सम्बन्धमा सन्चारमाध्यम र सामाजिक सन्जालमा बारम्बार समाचार प्रकासन भएपछि घटनाको सक्रिय अनुसन्धानमा प्रहरी जुटेको थियो । प्रहरीले इलाम जिल्ला प्रहरी कार्यालयमा डिएससी गंगा बहादुर थापाको संयोजकत्वमा छानविन समिति गठन गरेर घटनाको अनुसन्धान थालेको थियो ।
झापाको बाहुनडाँडीमा स्थानियवासी एंव पर्यटनकर्मी अर्जुन कार्कीले लासमाथिको लुट कहिलेसम्म भन्दै इलामका प्रमुख जिल्ला अधिकारीलाई सामाजिक संजालमै पत्र लेखेपछि प्रदेश पोर्टल लगायतका सन्चार माध्यमले सक्रिय रुपमा समाचार प्रकाशन गरेका थिए ।
समाचार अघि पशुपतीनगर प्रहरीले अनुसन्धान गरीरहेको घटनालाई बिभिन्न संचार माध्यममा समाचार प्रकाशन भएपछि प्रहरीले आफ्नै कार्यालयका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारीको संयोजकत्वमा छानविन सुरु गरेको थियो ।