इलामः वर्षासंगै आएको हावाहुरीले इलामको रोङ गाउँपालिका ४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडेको छ । मेचीराजमार्गमा नजिकै रहेको एनटीसीको फोर जी टावर लडाएको पत्रकार गणेश अर्यालले जानकारी दिए । घटनास्थलमा नेपाल प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको उनले जनाए ।
हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ । रोङकै सिद्धदेवी बिद्या मन्दिरको छानो समेत हावाहुरीले उडाएको छ । बर्षापछि इलामको उत्तरी क्षेत्रमा हिउँ पर्दा चिसो बढेको छ ।