इटहरीः शिवम् सिमेन्टको निस्कासन हुने भनिएको साधारण सेयर काण्डमा मुछिएर तत्कालिन नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको जागिर गएपछि कृष्ण बहादुर कार्की सो पदमा नियुत्त भएका छन् ।
नेपाल सरकारको मन्त्री परिषद्को बिहिबार बसेको बैठकले कार्कीलाई नेपाल स्टक एक्चेन्जको सिइओमा नियुक्त गरेको हो ।
शिवम् सिमेन्टको आइपिओ निस्कासन प्रक्रियामा इन्साइडर ट्रेडिङ्ग भएको भन्ने खबर बाहिर आएसँगै निलम्बनमा परेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले पदबाट राजिनामा दिएसँगै रिक्त रहेको उक्त पदमा कार्की नियुत्त भएका हुन् ।
नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि कार्की सहित ११ जनाले आवेदन दिएका थिए । छनोट समितिले कार्की सहित केशवप्रसाद श्रेष्ठ र रमेशकुमार भण्डारीको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको हो । सोही मध्येबाट मन्त्रिपरिषदको बैंठकले कार्कीलाई सीईओमा नियुक्त गरेको हो ।