इटहरीः जलविधुत तर्फ बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर माघ २७ गतेदेखि बिक्रि खुल्ला हुने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाको लागि पहिलो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो।
बलेफीले १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । जसमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं.२, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं.५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
सिन्धुपाल्चोकका बासिन्दाले फागुन १२ गते सम्म सो आइपिओमा आवेदन दिन सक्नेछन् भने ढिलोमा फागुन २७ आइपिओ निस्कासन हुनेछ ।
बलेफीको आईपीओमा कुमारी बैंकको जलविरे शाखा, एनसिसि बैंकको बाँडे शाखा, ग्लोबल आइएमए बै०कको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावितका लागि निस्कासन गरेपछि बाँकी आईपिओ सर्वसाधारणका लागि निस्कासन गर्ने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।