इटहरीः लामो समय आईपिओ विहिन सेयर बजारमा आजदेखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज माघ २१ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओको बिक्रि खुल्ला गरेको हो ।
बिक्रि खुल्ला गरिएको कुल शेयर मध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई र बाँकि ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
जाल्पाको आइपीओमा छिटोमा माघ २५ गते र सो मितिको बिक्रि भईनसकेको अवस्थामा फागुन ६ गतेसम्म बिक्रि खुल्ला गर्न सकिने बिक्रि प्रबन्धकको अधिकार छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । तथापि आईपिओ भर्ने डिमाट खाता होल्डरको संख्या बढि भएका कारण १० कित्ता सम्म मात्रै भर्नुलाई राम्रो मानिन्छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दै छ । लगानी गर्न इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ भएको लघुवित्तले आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी १६ करोड पुर्याउने छ ।