बेलबारीः बेलबारी नगरपालिकाको न्यायिक समितिले हरेक दिन जसो इजलास बसेर न्याय निरुपण र मेलमिलाप गराउँदै आएको समितिले जनाएको छ । औपचारिक अनौपचारिक गरेर हालसम्म लगभग २५ सय भन्दा बढी उजुरीहरु किनारा लगाईसकेको न्यायिक समिती बेलबारीले जनाएको छ ।

महामारीको समयमा समेत न्याय सम्पादनको कार्यलाई निरन्तरता दिईरहेको छ। हिंसा र विवाद अन्य समयमा भन्दा महामारीको समयमा दोब्बर बढेको छ।पीडितहरु कतै श्रीमान्ले कुटेर घर बस्न पाइन भनेर रुँदै आउँनुहुन्छ,कोही ज्येष्ठ नागरिक सन्तानले हेरेनन् न्याय दिनुहोस् भन्दै आउनुहुन्छ,सम्बन्ध विच्छेद भइसकेका बाबुआमाका सन्तान सगोलको सम्पत्ति थाहा नपाई बेचिंदैछ नाबालकको हक सुनिश्चितताका लागि घरजग्गा रोक्का गरिपाउँ भनेर असह्य पीडा लिएर आउने गरेको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी(तारा) पराजुलीले बताइन् ।
उपमेयर पराजुली भन्छिन्–‘महामारी छ लकडाउन छ भनेर म चुपचाप उहाँहरुको समस्या वेवास्ता गर्न नसकिदो रहेछ । कतिपय अवस्थामा न्यायिक निर्णय भयो भएन,दुबै पक्षहरुलाई हाम्रो निर्णयले खुशी भएर जित जितको महशुस भयो भएन भनेर अध्ययन पनि गर्ने गरेका छौ ।’

272451820_640817623868192_8387982073083472834_n
न्यायका लागि न्यायिक समितिमा आउने दुबै पक्षकाले हामीलाई जिताइदिनुभयो,एउटा फोटो खिचौँ न उपमेयर ज्यू भन्नुहुन्छ । दुवै पक्षबाट यस्तो प्रतिक्रिया पाउँदा झन खुशी लाग्नुका साथै न्याय सम्पादनमा थप हौसला प्राप्त हुने गरेको उपमेयर पराजुलीको भनाई छ ।
भीडभाड नहुने गरि स्वास्थ्य सुरक्षाका आधारभूत प्रक्रियाहरु तथा विधिहरु अपनाएर भएपनि नगरपालिकाको न्यायिक समितिले पीडितले वास्तविक न्यायको प्रत्याभूति गर्नेगरी काम गर्ने गरेको न्यायिक समिती सदस्य धनमाया विकले बताएकी छन् ।
हालसम्म न्यायिक समितिमा दर्ता भएका विवादहरु र समितिमा आउने सेवाग्राहीहरुको चहलपहल हेर्दा बेलबारी धेरै विवाद दर्ता हुने नगरपालिकामा पर्छ । समितिकी उजुरी प्रशासक तारा भट्टराईका अनुसार मुद्दा धेरै आए पनि न्यायिक समितिले छिटो छरितो न्याय सम्पादन गरेका कारण थोरै विवाद प्रक्रियामा रहेका बाहेक अधिकांश विवादहरु किनारा लागिसकेका छन् ।
बेलबारी नगरपालिकाको न्यायिक समिति सुरुवातका दिनमा अर्थात समिति गठन हुनेबित्तिकै स्थानीय तहहरुमध्ये देशमै पहिलोपटक सम्बन्ध बिच्छेदको सम्पूर्ण काम किनारा लगाएर स्थानीय सरकारबाट नै पहिलोपटक सम्बन्ध बिच्छेद गरेर चर्चामा रहेको थियो । हाल सो कानुन भने परिमार्जन भएको छ ।

272570105_1110771316445031_1922246708167161436_n