इटहरीः पुराना वामपन्थी नेता , तामाङ भाषाका अध्यायता तथा सामाजिक व्यक्तित्व मोरङको बेलबारी निवासी रमेशकुमार तामाङ(लामा)को आज निधन भएको छ ।
नेपाल तामाङ घेंदुङ संघका केन्द्रिय महासचिव समेत रहेका बेलबारी नगरपालिका १ निवासी तामाङको काठमाण्डौंको हस्पिटलमा उपचारका क्रममा आज विहान निधन भएको हो ।
नेकपा एमालेका अग्रज नेता पार्टीको सल्लाहकार समितिमा समेत रहेर काम गरेका थिए । नेकपा एमालेका तर्फबाट साविक बेलबारी गाविस २ का वडा अध्यक्ष समेत भएका उनि प्यारामेडिकल एसोसिएसन नेपालको प्रथम राष्ट्रिय अधिवेशनका संयोजक समेत बनेका थिए ।

r sir 2
स्वास्थ्यकर्मी, लेखक, कोशकार, सङ्गीतकर्मी, समाजसेवी, मृदुभाषी, मिलनसार व्यक्तित्वका रुपमा परिचित उनि निकै लामो समयदेखि पक्षघातबाट पिडित थिए । पक्षघातबाट पिडित भएपनि पुस्तक लेखन, समाजिक सेवा र राजनितिमा उत्तिकै सक्रिय थिए । उनले नेपाली तथा तामाङ भाषा साहित्यमा महत्त्वपूर्ण योगदान दिएका थिए । नेपाली तथा तामाङ भाषामा दर्जनौ कृतिहरु प्रकाशित छन् । उनि बेलबारीका एक सचेत र जिम्मेवार नागरिकका रुपमा पनि सबै सामु परिचित थिए । पछिल्लो समय उनलाई वोनम्यारो समेत भएको बुझिएको छ । उनलाई मुटुमा समेत समस्या भएपछि उपचारका लागि काठमाण्डौं लगिएको थियो ।
उनको शबलाई हेलिकप्टर मार्फत आजै काठमाण्डौंबाट बेलबारी ल्याउने तयारी भईरहेको बेलबारीका एमालेका युवा नेता माधव थापाले जानकारी दिए । तामाङको निधनले बेलबारीलाई मात्र नभई देशलाई अपुरणिय क्षति भएको उनले बताए । बेलबारीले एउटा असल अभिभावक र मार्गदर्शक गुमाएको उनको भनाई छ ।