इटहरीः नेपाल रेडक्रस सोसाइटी सुनसरी अन्तर्गत खनार उपशाखाको नयाँ कार्यसमितिको लागि पदाधिकारीमा दुई जनाको उम्मेद्धवारी परेको छ ।
इटहरी उपमहानगरपालिका अन्तर्गत पर्ने खनार उपशाखा कार्यसमितिको निर्वाचनका लागि सोमबार उम्मेद्धवारी दर्ता सकिएको छ भने मतदानको कार्यक्रम माघ २२ गते शनिवार शारदा मावि खनारमा हुने निर्वाचन अधिकारी चन्द्रकुमार गिरिले बताएका छन् ।

248610993_5054352371296560_7957743204269708766_n
खनार उपशाखाको कार्यसमितिको लागि सभापतिमा सुर्य नारायण चौधरी र हेमन्त कुमार कटेल दौडमा छन् । उपसभापतिमा किशोरी कुमारी दाहाल र महिमा सुन्दास छन् । सचिवमा गोविन्द पौडेल र तेजेन्द्रशेर कार्की रहेका छन् ।
उता उप सचिवको दौडमा टिकाराम न्यौपाने र सन्तोष यादवले उम्मेद्धवारी दर्ता गराएका छन् । कार्यसमितिको कोषाध्यक्षमा छेद्रलाल विश्वास र अन्जु कार्कीले उम्मेद्धवारी दिएका छन् । उप कोषाध्यक्षमा सन्जय गौतम र सुदिप आचार्य दौडमा छन् ।
नेपाल रेडक्रस सोसाइटी खनार उपसाखाको सदस्य पदका लागि राजेश कोइराला, सुरेन्द्र प्रसाद बास्तोला, रमेश चौधरी, सत्य नारायण चौधरी, युद्ध कुमार नेपाल, चन्द्र प्रसाद लुइटेल, विरेन्द्र शाह, ववी श्रेष्ठ र जानुका पोखरेलले उम्मेद्धवारी दिएको निर्वाचन अधिकारीले जानकारी दिएका छन् ।