झापाः झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित मेचीनगर ११ का २३ बर्षीय सेवन उराव पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका उरावलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उराउको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।