इटहरीः इलाम जिल्लाको रोङ गाउँपालिकामा गत माघ १३ गते भएको पिक अप भ्यान दुर्घटनामा मृत्यु भएका मेचिनगर नगरपालिका वडा नम्बर ४ का रमेश कुमार थापाको साथमा रहेको ४ लाख रुपैँया र आधा तोलाको सुनको औंठी गायव भएको बिषयमा समाचार प्रकासित भएपछि इलाम प्रहरीले छानविन समिति गठन गरेको छ ।

सोमबार एक बिज्ञप्ती जारी गर्दै जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी गंगा बहादुर थापाले सामाजिक संजाल र पत्रपत्रिकामा आएका समाचार प्रति प्रहरीको ध्यानाकर्षण भएको जनाउँदै घटनाको सत्य तथ्य बाहिर ल्याउनको लागि छानविन समिति गठन गरिएको बताएका छन् ।
घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यलय इलामबाट प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाको नेतृत्वमा तीन सदस्य रहेको छानविन समिति गठन भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रहरीले छानविनका क्रममा कोही कसैको संलग्नता रहेको पाइएमा कानुन अनुसार कडा कारवाही भई जाने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

272891939_2491889947610803_9007573018024707224_n
झापा जिल्लाको बाहँुनडागी निवासी पर्यटनकर्मी अर्जुन कार्कीले जिल्ला प्रशासन कार्यलय इलाममा प्रमुख जिल्ला अधिकारीलाई सामाजिक संजालमार्फत खुल्ला पत्र लेख्दै लासमाथि भएको लुट अन्त्य गर्न र मृतकको साथबाट हराएको रकमको खोजिगर्न प्रशासनलाई आग्रह गरे पछि प्रदेश पोर्टल लगायत अन्य मिडियाबाट समाचार प्रकाशन तथा प्रशारण भएको थियो ।
गत माघ १३ गते विहान करिव साढे ५ बजे इलामको रोङ गाउँपालिका वडा नम्बर ४ मा पर्ने पंैरो भन्ने स्थानमा मेचीनगर नगरपालिका वडा नम्बर ४ का ५५ बर्षीय रमेशकुमार थापा र ४० बर्षीय सुर्य थापाको पिकअप भ्यान दुर्घटनामा परि घटना स्थलमै मृत्यु भएको थियो ।
मृतकहरु हरेक विहिवार ईलाम गई सोही भेनमा खसी बाख्रा खरीद गरि सुलभ बजारमा बिक्रि गर्ने व्यावसायी र समाजसेवी समेत रहेको बताउँदै निवेदक कार्कीले स्वर्गीय रमेशकुमार थापालको गोजीबाट चार लाख नगद र हातमा लगाइएको आधा तोलाको सुनको औंठी घटना स्थलबाट गायब भएको भन्दै मृतकका परिवारले समेत प्रहरीमा निवेदन दिएको बताइएको छ ।
कार्कीले यो कुनै झुटो आरोप नभएको जनाउँदै यसका बारेमा बुझ्न चाहे ईलाम बजारका खसी बाख्रा व्यपारीलाई समेत सम्पर्क गरेर बुझ्न सकिने प्रशासनलाई अनुरोध गर्दै सामाजिक संजालबाटै इलामका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।