धरानः सुनसरीको धरान उप–महानगरपालिका १३ बाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर रहेका छन् । त्यसैगरि धरान १९ का २६ बर्षीय जनम मगर, धरान ३ का २० बर्षीय सारङ खड्गी र २२ बर्षीय राजिव मगर रहेको प्रहरीले जनाएको छ ।

273109967_302757318551440_132103411015456871_n
संघिय प्रहरी इकाई कार्यलय धरान र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले ती युवाहरुबाट ३१ ग्राम ब्राउन सुगर बरामद गरेको बताइएको छ । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखी थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।