इटहरीः विश्वव्यापी कोरोना महामारीलाई कमगर्न प्रदेश १ सरकारले सीमा केन्द्रित र बाहिर पनि प्रभावकारी काम गरिरहेको प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताएका छन् ।
आइतबार नेपाल टेलिभिजनबाट प्रशारित जनतासँग मुख्यमन्त्री कार्यक्रममा सहभागिले सोधेको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले सरकार सुरु देखि नै सजग रहेको र सुरुबाटै योजनाका साथ लागेको बताए ।

271761418_638735450576835_232278328673607295_n
बाहिरबाट रोग नछिरोस् भन्ने हेंतुले सीमामा नाकामा कडाई गरिएको मुख्यमन्त्री राईले बताए । सीमाबाट नेपाल तिर छिर्ने ठाउँमा खोप कार्ड अनिवार्य गर्ने भारत र नेपाल प्रसाशनको सम्वन्वयमा दुवै प्रसासनले कडाई गर्ने , सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना गर्न भीडभाड नगर्ने माक्स सेनिटाइजरलाई अनिवार्य प्रयोग गर्ने जस्ता कामहरु ग्रिरहेको राईले बताए ।
मुख्यमन्त्री राईले कोरोना लागिसके आइसुलेसनमा राख्ने, औषधी उपचारको सहज व्यवस्थापनमा हस्पिटलमा बेडहरुको अभाव हुन नदिन तयारी गर्ने जस्ता कामहरु प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री राइले बताए ।