इटहरीः प्रदेश एक सरकारमा राजेन्द्र कुमार राई मुख्यमन्त्री भएपछि बन्द रहेको जनतासँग मुख्यमन्त्री कार्यक्रम आइतबार अर्थात आज राती ८ः ५० बजे नेपाल टेलिभिजनको इटहरी च्यानलबाट पुनः प्रशारण शुरु हुने भएको छ ।
जनता र प्रदेश सरकारका गतिविधीलाई जोड्दै प्रदेश सरकारले गरेका कार्यक्रममा सोझै जनतालाई जोड्ने हिसावले जनतासँग मुख्यमन्त्री कार्यक्रमलाई नयाँ ढाँचाबाट अगाडी लैजाने निर्देशक तिर्थ सिग्देलले बताएका छन् ।
कार्यक्रममा मुख्यमन्त्रीलाई फिल्डमा र स्टुडियोमै बोलाएर पनि जनतासँग सिधै जोड्ने हिसावले तयार गरिने संयोजक आनन्द श्रेष्ठले बताए ।
प्रदेश एकका बिभिन्न टेलिभिजन च्यानल र बिभिन्न संचारमाध्यमबाट एकैसाथ प्रशारणमा लैजाने तयारी भइरहेको कार्यक्रम निर्माताले बताएका छन् । जनतासँग मुख्यमन्त्रीको यो श्रृँखलालाई विराटनगरका पत्रकार धु्रव भट्टराइले सञ्चालन गर्नेछन् ।