इटहरीः प्रदेशको एकको मन्त्रीपरिषद् अवको तीन देखि पाँच दिन भित्रमा विस्तार हुने प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताएका छन् ।
प्रदेशमा गठबन्धनको सरकार बनेपछि सबैलाई मिलाएर लान मन्त्रीपरिषद् विस्तार गर्न लागिएको इटहरीमा आइतबार आयोजिक एक कार्यक्रममा मुख्यमन्त्रीले बताएका हुन ।
आइतबार दिउँसो मन्त्री परिषदको बैठक बसेर कतिजनाको मन्त्रीमण्डल बनाउने र कसलाई के के जिम्मेवारी दिने भन्ने विषयमा टुँगो लगाउने समेत राईले बताए ।
समग्र प्रदेशको विकासका लागि मन्त्रीपरिषद् सानो हुँदा समस्या परेको भन्दै मुख्यमन्त्री राईले मन्त्रालयलाई साना बनाउँदा काम कारवाही प्रभावकारी ढंगले अगाडी बढ्ने भएकाले मन्त्रीपरिषद् विस्तार गर्न लागिएको बताए ।
प्रदेश एकमा मुख्यमन्त्री सहित १३ जनाको मन्त्रीपरिषद् बनाउने योजना रहेको उनले बताए । प्रदेशमा एक जनामात्रै राज्यमन्त्री राख्ने मुख्यमन्त्रीको योजना छ ।