विराटनगरः मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर २ जनाको मृत्यु भएको छ । शनिवार दिउँसो सँवा १२ बजे मोरङ मिक्लाजुङ गाऊँपालिका ४ दैत्य स्थित सिरान जंगलमा खिरीको रुखमा चढि घाँस काट्ने क्रममा सोही स्थानका ४८ बर्षीय धन बहादुर बिश्वकर्माको लडेर मृत्यु भएको छ ।
यसै गरी सोही दिन १ बजे झापा मेचिनगर नगरपालिका ३ दुधे गोलाटार का ४२ बर्षीय मेघेन्द्र बिक सोही स्थानमा रहेको लाम्पातेको रुखको हाँगा झार्ने क्रममा लडि गम्भिर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बेलुका पौने ३ बजे मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।