इटहरीः नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी निकट शिक्षकहरुको संगठन प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन सुनसरी जिल्ला कमिटिको शुक्रबार टुङ्गों लागेको छ ।
शुक्रबार नेकपा एसको पार्टी कार्यालय इटहरीमा भएको शिक्षकहरुको भेलाले शिक्षक बद्री कार्कीको अध्यक्षतामा सुनसरी जिल्ला कमिटि बनेको हो ।
अध्यक्षमा चयन भएका कार्की सरस्वती माबी इटहरी ३ का सहायक प्रधानाध्यपक हुन् भने उनको नेतृत्वमा ४९ सदस्यीय कमिटि चयन भएको छ ।
नव गठित कमिटिको उपाध्यक्षमा गुन्जा चौधरी र कपिलदेव साह छन् भने सचिब उमेश फुयाँल,सहसचिब महानन्द निरांैला रहेका छन् । सह कोषाध्यक्ष दिलकुमारी राई चुनिएकी छन् ।