इटहरीः इलाम जिल्लाको रोङ गाउँपालिकामा गत माघ १३ गते भएको पिक अप भ्यान दुर्घटनामा मृत्यु भएका मेचिनगर नगरपालिका वडा नम्बर ४ का रमेश कुमार थापाको साथमा रहेको ४ लाख रुपैँया र आधा तोलाको सुनको औंठी गायव भएको भन्दै लाशमाथिको लुट अन्त्य गर्न झापाका पर्यटकनकर्मी अर्जुन कार्कीले माग गरेका छन् ।
झापा जिल्लाको बाहुनडाँगी निवासी पर्यटनकर्मी कार्कीले जिल्ला प्रशासन कार्यलय इलाममा प्रमुख जिल्ला अधिकारीलाई सामाजिक संजालमार्फत खुल्ला पत्र लेख्दै लासमाथि भएको लुट अन्त्य गर्न र मृतकको साथबाट हराएको रकमको खोजिगर्न प्रशासनलाई आग्रह गरेका हुन् ।
गत माघ १३ गते विहान करिव साढे ५ बजे इलामको रोङ गाउँपालिका वडा नम्बर ४ मा पर्ने पैरो भन्ने स्थानमा मेचीनगर नगरपालिका वडा नम्बर ४ का ५६ बर्षीय रमेशकुमार थापा र ४० बर्षीय सुर्य थापाको पिकअप भ्यान दुर्घटनामा परि घटना स्थलमै मृत्यु भएको थियो ।
मृतकहरु हरेक विहिवार ईलाम गई सोही भेनमा खसी बाख्रा खरीद गरि सुलभ बजारमा बिक्रि गर्ने व्यावसायी र समाजसेवी समेत रहेको बताउँदै निवेदक कार्कीले स्वर्गीय रमेशकुमार थापालको गोजीबाट चार लाख नगद र हातमा लगाइएको आधा तोलाको सुनको औंठी घटना स्थलबाट गायब भएको बताएका छन् । कार्कीले जनप्रतिनिधि र प्रहरीलाई फोन गरेर घटनाको सम्बन्धमा जानकारी गराउँदा पनि पेशेवर डकैतीगर्नेहरुले चोरी गरेकाले यसको पत्ता लाग्न नसक्ने गैंर जिम्मेवार जवाफ पाएको खुलाएका छन् ।
घटनाको छानविन माग गर्दा प्रहरी अधिकृतबाटै पेशेवर छन् भन्ने जवाफ पाउनु लाशमाथिको लुट भएको पर्यटनकर्मी कार्किको भनाई छ । “यो लास माथीको लुट प्रति मेरो घोर आपत्ति रहेकोछ र मैले एकजना जनप्रतिनिधिलाई तत्काल फोन गर्दा पेशेवर मान्छे छन यस्तो घटना हुँदा गएर सोध्न पनि सकिँदैन भने पछि एकजना साथीले एक प्रहरी अधिकृतलाइ सोध्दा ए ए यहाँ त एक बोरा चामल त छोड्दैनन पेशेवर छन नै भन्नु भएछ । म स्तब्ध भएर सोचे जनप्रतिनिधि ,प्रहरी नै त्यहाँ पेशेवर छन भने पछि यो नियन्त्रण गर्ने निकायको खोजीमा श्रीमानलाई मैले हार्दिकता पुर्वक निवेदन सामाजिक संजाल मार्फत चडाउने अनुमती चाहान्छु ।” कार्कीले निवेदनमा भनेका छन् । घटनामा भएको लुटको छानविन गरी हराएको रकम र सुन लाने अपराधीलाई कानुनी दायरामा ल्याई फेरि उपरान्त यस्ता लास लुटको अन्त्य गर्न समेत उनले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
कार्कीले यो कुनै झुटो आरोप नभएको जनाउँदै यसका बारेमा बुझ्न चाहे ईलाम बजारका खसी बाख्रा व्यपारीलाई समेत सम्पर्क गरेर बुझ्न सकिने प्रशासनलाई अनुरोध गरेका छन् ।
निश्चित जघन्य अपराधीको कारण सिङ्गो गाउँको बदनाम भएको स्थानीय सरकार र स्थानीय सामाजिक व्यक्तित्व एवम सर्वसाधारणको समेत ध्यानाकर्षण गराउन चाहेको कार्कीले स्पष्ट पारेका छन् ।
प्रदेश पोर्टलले इलाममा सिडियो माधव प्रसाद ढुगानालाई सम्पर्क गर्दा आफुलाई घटना सम्बन्धि जानकारी नआएको बताए । घटना स्थलमा पहिले नै मान्छेहरु पुगिराखेका थिए । देखिएको सबै जिम्मा लगाएको इलामका प्रहरीका एसपी महेन्द्र श्रेष्ठले बताए । घटना भएलगत्तै ठुलो संख्यामा गाउँलेहरु भेला भएको हुनाले पहिले घटना स्थलमा पुग्ने व्यत्तिहरुसँग सोधपुछको काम भइरहेको उनले बताए । पिडित परिवारका तर्फबाट नगद र सुन समेत हराएको जानकारी आएपछि आफुपनि घटना स्थलमा पुगेर खानतलास गरेको श्रेष्ठको भनाई थियो । हाल उक्त घटनाको अनुसन्धान पशुपतिनगर प्रहरीले गरिरहेको छ ।