इटहरीः पछिल्लो २४ घण्टामा इटहरीमा १२ जना सहित थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश एकको सामाजिक विकास मन्त्रालयले दिएको डेटा अनुसार प्रदेशमा ३ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ जना र ७ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा ८३, सुनसरीमा ४२, धनकुटा र झापामा ५–५, उदयपुर, संखुवासभा र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको बताइएको छ ।
शनिबार मोरङको विराटनगरमा ६५, बुढीगंगामा ५, सुन्दरहरैचामा ३, ग्रामथानमा २, पथरीशनिश्चरे, रंगेली, उर्लाबारी, रतुवामाई, बेलबारी, मिक्लाजुङ, कटहरी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरीको धरानमा २५, इटहरीमा १२, इनरुवामा ३, दुहवी र बराहक्षेत्रमा १–१ जना संक्रमित थपिएका छन् ।
धनकुटाको धनकुटा नगरपालिकामा ५, झापाको कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, संखुवासभा, पाँचथर र उदयपुरको बेलकामा १–१ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश एक बाहिरका संक्रमितको पनि प्रदेश एक भित्रै परिक्षण गरिएकाले रिपोर्ट प्राप्त भएको हो ।
शनिवारको रिपोर्ट अनुसार प्रदेश १ मा थप ९ सय २ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४ सय २ महिला र ५ सय पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ महिलाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार ६ सय ५७ छ ।