इटहरीः शनिवार प्रद्यानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैंठकले आगामी जेठ मसान्तभित्रै स्थानीय तहको चुनाव गर्न सहमति गरेको छ ।
पहिलो संघको चुनाव गरेर एक बर्ष भित्र स्थानीय तहको चुवान गर्ने भाषण गरेपछि विवादित बनेका नेताहरुलाई सबत्र दवाव आएपछि सत्ता गठबन्धन जेठभित्रै चुनाव गर्न सहमत बनेको हो ।
शनिबार बिहान र साँझ दुई चरणमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले जेठभित्रमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
उनका अनुसार गठबन्धनको निर्णयपछि अब सरकारले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्नेछ ।
बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्ने पनि निर्णय समेत गरेको छ । ऐनमा रहेको स्थानीय तहको जनप्रतिनिधिको कार्यकालसम्बन्धी व्यवस्था नेपालको संविधानसँग बाझिएकाले त्यसलाई संविधानसम्मत हुने गरी संशोधन गर्ने सहमति समेत भएको छ ।
प्रद्यानमन्त्रीलाई राष्ट्रपति विद्यादेवि भण्डारीले समेत भेटेर स्थानिय तहको चुनाव नसार्न सुझाव दिएकी थिइन भने विपक्षी दलका नेताहरुले सरकारको आलोचना समेत गरेका थिए ।