इटहरीः प्रहरीले लागुऔषध सहित मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित एक नम्बर ढाँटबाट १ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ३ बस्ने ३० बर्षीय ज्ञानु धिमाल रहेका एक नम्बर प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
धिमाललाई शुक्रबार बिहान साढे ९ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले नाईट्रटभेट २२५ ट्याब्लेट सहित पक्राउ गरेको थियो । पक्राउ परेका धिमालको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।