इटहरीः लामो समय आईपिओ विहिन रहेको शेयर बजारमा नयाँ आइपिओ बिक्रि खुल्ला हुने सुखद समाचार आएको छ ।
कास्की जिल्लाको पोखरामा केन्द्रिय कार्यालय रहेको जाल्पा लघुवित्त वित्तीय संस्थाले माघ २१ गतेबाट आइपीओ निष्कासन गर्ने भएको हो । यस लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गर्नेछ । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । जाल्पाको सेयर बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्ने भएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।