इटहरी :मोरङको बेलबारी बस्ने एक महिलालाई बलात्कार गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बाटो बिराएकि महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरिएको प्रदेश एक प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४ बलिया चौकका होटल संचालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, सोही स्थानका २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका वडा नम्बर ३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका प्रहरीको भनाई छ ।
उनिहरुले माघ ७ गते बेलुका साढे ५ बजे ईटहरीबाट घर फर्कने क्रममा बाटो बिराएकि महिलालाई गछिया खोलाको पुल नजिकबाट घर पुर्याई दिन्छु भनि गाडीमा चढाएर उक्त होटलमा पुर्याएर जबरजस्ती करणी गरेको खुल्न आएको छ । गत माघ ८ गते सो घटनाको जानकारी पाएको ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन कुमार श्रेष्ठ र सुरज श्रेष्ठ नियन्त्रणमा लिएको थियो ।
तत्काल सो घटना पछि फरार रहेका राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने माघ ११ गते ईलाम सुर्योदय नगरपालिका वडा नम्बर १२ तिनघरेमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ । दर्जीलाई ईलाका प्रहरी कार्यालय बेलबारी र प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका तिनै जना उपर जबरजस्ती करणी मुद्दामा कानुनि कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।