इटहरी :आफ्नै बाबुको घाँटि थिचेर हत्या गर्ने मोरङको बेलवारी नगरपालिका वडा नम्बर ९ डाँगा बजारका ३५ बर्षीय जय बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार आफनै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ खत्रीलाई पक्राउ गरिएको हो । बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको बताइएको छ ।
जय बहादुरले मादक पदार्थ सेवन गरेर घरायशी बिषयमा बुबासंग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिशको आवेगमा घाँटी थिच्दा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको थियो । यसरी हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।