इटहरी :झापाको मेचीनगर नगरपालिका वडा नम्बर ७ मा नगरपालिकाको गाडी र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व तर्फ आउदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र बिपरित दिशाबाट जाँदै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाईकल बुधवार बेलुका ७ बजे एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालकको झापाको बि.एन्ड.सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा संग्लग्न सवारी र चालकलाई समेत नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
यसैगरी पाँचथरको मिक्लाजुङ गाऊँपालिका वडा नम्बर १ फुङसिङको कच्ची सडकमा राँकेबाट रवि तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८५९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक माङसेबुङ गाउँपालिका–३ का २१ बर्षीय रविन लिम्बुको घट्नास्थलमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवीबाट प्रहरी टोलीले मृतकको शव उद्धार गरेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान गरिरहेको बताएको छ ।