इटहरीः राष्ट्रियसभा निर्वाचनको प्रदेश १ मा अल्पसंख्यक तथा अपाँगता भएका व्यत्ति तर्फ एमालेका उम्मेद्धवार सोनाम गेल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले उनले जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गरेका हुन् ।
प्रदेश एकका महिलातर्फ नेकपा एकीकृत समाजवादी पार्टीकी जयन्ती देवी राईले एमालेकी सुमित्रा सुवेदी भण्डारी र राप्रपाकी रञ्जु प्याकुरेललाई पराजित गरेकी थिइन् । अन्यतर्फ कांग्रेसका गोपालकुमार बस्नेत एमालेका गुरुप्रसाद बरालको मत बराबरी भएको छ । गोलाप्रथामा कांग्रेसका बस्नेत विजयी भएका छन् । अन्य तर्फ बस्नेत र बराल सहित राप्रपाका अमरबहादुर विष्टले उम्मेदवारी दिएका थिए ।